• ट्रेण्डिङ्ग :
कुटपिटबाट एक युवकको मृत्यु

कुटपिटबाट एक युवकको मृत्यु


  • 7.7K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    कुटपिटबाट एक युवकको मृत्यु

    काठमाडौं, १४ वैशाख । सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images

    सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए । 

    जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ  । सो क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलालसमेतले युवालाई विवाद नगर्न भनि सम्झाइबुझाइ गर्न खोजिरहेको बेला युवाको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेको उनको बुबा रामअषिश पासवानले बताए। बिहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाईसमेत लिएर गैर दलित युवाले आफ्नो छोरामाथि आक्रोश पोखेको हुनसक्ने उहाँको आरोप छ ।  

    विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले छोरालाई कुटेको उनको बुबाको भनाइ छ । पासवानको विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । यसैबीच उपचारको क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरुले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमहा चौकमा तीन घण्टा चक्काजाम गरेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप