• ट्रेण्डिङ्ग :
लिसंखु पाखर गाउँपालिका-६ को वडा अध्यक्षमा युवा नेता सुरज खड्काको उम्मेदवारी

लिसंखु पाखर गाउँपालिका-६ को वडा अध्यक्षमा युवा नेता सुरज खड्काको उम्मेदवारी


  • 13.1K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 20.2K Views

    लिसंखु पाखर गाउँपालिका-६ को वडा अध्यक्षमा युवा नेता सुरज खड्काको उम्मेदवारी

    काठमाडौं, १४ वैशाख । लिसंखु पाखर गाउँपालिका-६ को वडा अध्यक्षमा युवा नेता सुरज खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

    images

    लिसंखु पाखर गाउँपालिकामा जन्मिएर गाउँ समाजको सेवा गर्दै आएका खड्काले गाउँको विकासका लागि युवा नेतृत्व आवश्यक भएकोले आफूले उम्मेदवारी दिएको बताएका छन् । आफ्नो पालिकाको शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी लगायत जनतासँग प्रत्यक्ष जोडिएका विषयहरुको विकास गर्ने योजना आफूसँग भएको उनको भनाइ छ । 

    अन्य पार्टीले पटक पटक अवसर पाउदा पनि केही गर्न नसकेको कारण आफूले उम्मेदवार दिएको उनको भनाइ छ । ‘पहिला विकल्प नभएकोले केहि नगर्नेलाई पनि पटक पटक भोट हाल्नुपर्ने बाध्यता थियो’, खड्काले भने ‘अब हामीले विकल्प दिएका छौं । गाउँसमाजको मुहार फेर्न मलाई एक मौका दिन आम नागरिकलाई अनुरोध गर्दछु ।’ जनताले विकल्प खोजेकोले आफ्नो जित सुनिश्चित रहेको उनकाे भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप