• ट्रेण्डिङ्ग :
जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय


  • 9.6K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने  सरकारकाे निर्णय

    काठमाडाैं,१५ वैशाख । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  हाललाई परीक्षणका रूपमा लागू हुने गरी शनिवार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    images

    यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिए । उनले बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिए ।

    विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक बिदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।


    तेस्रो आँखा