• ट्रेण्डिङ्ग :
म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे


  • 7.3K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

    काठमाडाैं,१५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ​दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

    images

    किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई  सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप