• ट्रेण्डिङ्ग :
नेकपा एकीकृत समाजवादी र नेकपाबीच एकता हुँने

नेकपा एकीकृत समाजवादी र नेकपाबीच एकता हुँने


  • 11.6K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 17.9K Views

    नेकपा एकीकृत समाजवादी र नेकपाबीच एकता हुँने

     काठमाडाैं,१५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा ९एस० का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।

    images

    एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा९एस० का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते नेकपा (एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ। नेकपा ९एमाले० बाट विद्रोह गरी स्थापित भएको नेकपा ९एस० ले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ। 


    तेस्रो आँखा
    लेखकबाट थप