एमाले महाधिवेशन : दुई वटै आयोगमा निर्विरोध नेतृत्व चयन

एमाले महाधिवेशन : दुई वटै आयोगमा निर्विरोध नेतृत्व चयन


  • 8.8K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    एमाले महाधिवेशन : दुई वटै आयोगमा निर्विरोध नेतृत्व चयन

    काठमाडौं, १३ मंसिर । नेकपा एमालेको जारी महाधिवेशनले दुई वटै आयोगको नेतृत्व निर्विरोध चयन गरेको छ । केन्द्रीय निर्वाचन अयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध चयन भएका हुन् ।

    २५ सदस्यीय लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारीसहित १३ खुला सदस्य र नौ महिला सदस्य छन् ।

    images

    यस्तै, अनुसासन आयोगको अध्यक्षमा केशबप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी, सचिवमा प्राडा भरतराज पहारीसहित खुला १३ र नौ महिला सदस्य निर्वाचित भएका छन् ।

    एमालेको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष र पदाधिकारीको मनोनयन भने ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान अधिवेशनले गरिसकेको छ । यो आयोगको अध्यक्षमा विजय सुब्बा छन् । उनी १०औँ राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकसमेत हुन् ।   

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा