• ट्रेण्डिङ्ग :
सिर्जनाका सात संकल्प

सिर्जनाका सात संकल्प


  • 14.3K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 22.0K Views

    सिर्जनाका सात संकल्प

    काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन् ।

    images

    विहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर संकल्प पत्र सार्वजनिक गरेकी हुन् ।  ‘सिर्जना सिंहका सात ‘स’ को संकल्प’ नाम दिइएको उक्त पत्रमा विभिन्न योजनाहरु समेटिएको छ । 

    संकल्प पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

    महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने उनले संकल्प गरेकी छन् । त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनको संकल्प छ । 

    उनले काठमाडौं महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने बताउनने बताएकी छन् । 

    shrijana singh.jpg

     


    तेस्रो आँखा