विना अहंकार महानगरका समस्याहरू पहिचान गरी दिगो समाधान खाेज्ने क्षमता सिर्जना सिंहमा छ -गगन थापा

विना अहंकार महानगरका समस्याहरू पहिचान गरी दिगो समाधान खाेज्ने क्षमता सिर्जना सिंहमा छ -गगन थापा


  • 9.2K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    विना अहंकार महानगरका समस्याहरू पहिचान गरी दिगो समाधान खाेज्ने  क्षमता सिर्जना सिंहमा छ  -गगन थापा

    काठमाडाैं,१५ वैशाख । विना अहंकार महानगरका समस्याहरू पहिचान गरी दिगो समाधान खाेज्ने  क्षमता सिर्जना सिंहमा रहेकाे  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन्कार । ठमाडौं महानगरपालिकामा स–साना काम गर्ने इच्छाशक्ति भएको मेयर चाहिएको बताउँदै त्याे क्षमता सृजना सिंहमा रहेकाे बताएका हुन् ।

    images

    279218231_3850721905152795_5526578216291775584_n.jpg

    सत्ता गठबन्धनको काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री थापाले काठमाडौंमा ठूला सपना देखाउँने भन्दापनि स-साना समस्याको समाधान गरिदिने मेयर आवश्यक भएको बताए । ‘काठमाडौंमा जता फर्किए पनि समस्या मात्रै छन्, त्यसैले मलाई लाग्छ हामीलाई ठूला–ठूला सपनामात्रै बाँड्ने मेयर साप चाहिएको होइन, स–साना काम गर्ने मेयर साथी चाहिएको हो,’ महामन्त्री थापाले भने ।

    278609211_383585580331588_7334281410729074943_n.jpg

    महामन्त्री थापाले काठमाडौंमा सडक, फुटपाथ, ढल, शिक्षा स्वास्थ्य जस्ता समस्याहरूको पहिचान गरी दिगो समाधान गर्ने नेतृत्व आवश्यक रहेको बताए । ‘मैले आजैमात्र एक जना उम्मेदवारको अन्तर्वार्ता पढेँ । उहाँले सिर्जना सिंहलाई होच्याएर बोल्नुभएको रहेछ । त्यसले उहाँको महिलाप्रतिको दृष्टिकोण छताछुल्ल भएको छ,’ महामन्त्री थापाले प्रश्न गर्दै भने, ‘त्यस्ता उम्मेदवारको बोली र व्यवहारबारे अघिल्लो निर्वाचनमा सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएको होइन र ? भन्दा महिला र पुरुष बराबरी भन्ने, व्यवहार बराबरी हुनुपर्छ कि पर्दैन ?’

    278988508_697365648250254_781402436284152_n.jpg

    उनले सिर्जना सिंह सरलताको पर्याय भएको बताए । ‘सिर्जना सिंहमा म दुई लाख भोट ल्याउँछु, जितिहाल्छु भन्ने कुनै अहंकार छैन । मैले बुझेको सिर्जना भनेको ‘सिम्पल सिर्जना’ हो । उहाँले काठमाडौं महानगरपालिकालाई घरजस्तै चलाउँछु भन्नुभएको छ,’ उनले भने, ‘अब बेला आएको छ, ठूलठूला आकांक्षामात्रै देखाउनेलाई रोज्ने कि यस्ता स–साना काममा प्रतिवद्ध मान्छेलाई रोज्ने ? तपाईहरूको हातमा छ ।’

     

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप