काठमाडौं, १५ वैशाख । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिएको छ। त्रिविले सूचना जारी गर्दै वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा दिएको जानकारी दिएकाे हो। त्रिवि कार्यकारी परिषद्को वैशाख १४ गतेको बसेको बैठकले विदा निर्णय गरेको हो।
‘त्रिवि कार्यकारी परिषद्को मिति २०७९ वैशाख १४ मा बसेको बैठकको निर्णन नं. १३५९ बाट चालु शैक्षिक सत्रको वर्षे विदाका सम्बन्धमा सत्रान्त समेमेस्टर पढाइ हुने क्याम्पसहरूको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गर्ने सूचनामा उल्लेख छ ।
यस्तै, अन्य क्याम्पस, विभाग र स्कुलहरूको हकमा विद्यार्थीहरूको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी मिति २०७९ वैशाख २२ गते देखि मिति २०७९ जेष्ठ १३ गते सम्म जम्मा २३ दिन चालु शैक्षिक सत्रको वर्षे विदा दिने निर्णय भएको छ सूचनामा भनिएको छ।’

