काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी त्याग गरेकी छन्। अधिकारीले आज पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट राजीनामा दिएका जानकारी दिएकी हुन् ।
उनी कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य तथा महिला संगठन विभाग उपाध्यक्ष थिइन्। यसअघि बुधबार केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पनि राप्रपा नेपाल छाडेका छन् ।
