काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशन स्थापितलाई बिहिबार काठमाडौंको नेसनल कलेजकी एक छात्राले गम्भिर प्रश्न उठाएकी छन् । स्थापितलाई कलेजकी छात्रा भावना राउतले महानगरको मेयर जितेको खण्डमा महिलाहरु सुरक्षित रहन्छन की रहदैनन ? भन्ने प्रश्न गरेकी हुनु । छलफल कार्यक्रममा बोल्दै उनले भनीन्, ‘हामीले विगतमा यस्तो ग¥यौं, उस्तो ग¥यौं भन्नुभयो । तर विगतमा हेर्दा दुईजना महिलाले तपाईंमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।
तपाईंले मेयर जितेको अवस्थामा म तपाईंको अफिस गएँ भने सुरक्षित हुन्छु कि हुन्न ? तपाईंकै उपमेयर सुनीताजी तपाईंबाट सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न ?’ ‘अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि तपाईंलाई हामी सबैको भोट चाहिन्छ भने ‘एक्सप्लानेसन’ दिनैपर्छ । तपाईंले गरेको गल्ति होइन, अपराध हो । यदि होइन भने प्रमाणसहित आउनुस् । हो भने यो कुर्सी छोडेर जानुस् ।’ स्थापितले प्ररत िप्ररश्न गरे, ‘तपाईंलाई यो प्रश्न सोध्ने हक छैन ।
म जत्तिको मान्छेलाई यस्तो आरोप लगाउन कुनै प्रमाण छ ? छ भने देखाउन स्थापितले क्चुनौति दिएका छनु । उनले भनृे‘यु आर नाइस लेडी । तर थुतुनो ठीक छैन तपाईंको ।’ उनले भनिन्, ‘केशवजीले प्रमाण छ भन्नुभयो । म कानूनको विद्यार्थी हुँ । यदि यो चुनावको फन्डाजस्तो मात्र लाग्छ भने चरित्रहत्यामा मुद्दा हाल्न सक्नुहुन्छ भन्दै चुनौत दिइन्।
। यहाँसित प्रमाण पनि रहेछ । यदि यहाँ चाहनुहुन्छ भने तपाईंको मर्यादामा आँच पुर्याएको भनेर मुद्दा हाल्दिनुस् । कानूनी दायराबाट यो सेटल हुन्छ । त्यसपछि कसैले पनि उठाउँदैन । तर तपाईंले महिलामाथि सभ्य भएरै बोल्नुपर्छ ।’ आरोप खेप्ने पालो आयो बालेनको । उनै भावनाले स्थापितपछि बालेनलाई निशाना बनाइन् । उनले बालेनका ¥यापहरूले महिलाको अपमान भएको दावी गरिन् । उनको यस्तो दावीलाई उनै विवेकशील–साझाकी समिक्षाले साथ दिइन् ।
.
