एमाले महाधिवेशनः १६ मध्ये पाँच क्लस्टरबाट १९ केन्द्रीय सदस्य निर्विरोध

एमाले महाधिवेशनः १६ मध्ये पाँच क्लस्टरबाट १९ केन्द्रीय सदस्य निर्विरोध


  • 9.2K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    एमाले महाधिवेशनः १६ मध्ये पाँच क्लस्टरबाट १९ केन्द्रीय सदस्य निर्विरोध
     
    चितवन, १३ मंसिर  । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पाँचवटा क्लस्टरका १९ जना नेता निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 

    निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको पहिलो सूचीअनुसार भूगोलबाहेकका १६ वटा क्लस्टरमध्ये पाँचवटा क्लस्टरबाट १९ जना निर्विरोध निर्वाचित भएका हुन् । 

    images

    दलित महिला क्लस्टरबाट विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्वाचित भएका छन् । 

    मधेसी महिला क्लस्टरबाट कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव) निर्वाचित भएका छन् । 

    थारु महिला क्लस्टरबाट गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 
    श्रमिक पुरुष क्लस्टरबाट विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा तथा श्रमिक महिला क्लस्टरबाट मञ्जुकुमारी थापा मगर र सीता लामा निर्विरोध निर्वाचित भएका छन् । 
     

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा