• ट्रेण्डिङ्ग :
लागुऔषध विक्री वितरण गर्ने तीन युवालाई पक्राउ

लागुऔषध विक्री वितरण गर्ने तीन युवालाई पक्राउ


  • 7.7K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    लागुऔषध विक्री वितरण गर्ने तीन युवालाई पक्राउ

    काठमाडाैं,१६ वैशाख । महोत्तरीको बर्दिबासबाट प्रहरीले लागुऔषध विक्री वितरण गर्ने तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने २३ बर्षीय दिनेश साह, २४ बर्षीय रामबाबु महतो र २३ बर्षीय जितबहादुर मगर रहेको प्रहरीले जनाएको छ।

    images

    बर्दिबासस्थित सेन्ट्रल पोइन्ट स्कुलनजिक उनीहरुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित तीनै जनालाई पक्राउ गरेको हो।

    उनीहरुको साथबाट नाइट्राभेट–१० लेखिएको १२२ चक्की बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।उनीहरुलाई नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ।


    तेस्रो आँखा
    लेखकबाट थप