• ट्रेण्डिङ्ग :
मकालु गाउँपालिका अध्यक्ष  पोख्रेलद्वारा एमाले पार्टी परित्यागको घोषणा

मकालु गाउँपालिका अध्यक्ष  पोख्रेलद्वारा एमाले पार्टी परित्यागको घोषणा


  • 7.0K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    मकालु गाउँपालिका अध्यक्ष  पोख्रेलद्वारा  एमाले पार्टी परित्यागको घोषणा

    काठमाडाैं,१६ वैशाख । सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्।

    images

    बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।  २०७६ सालको उपचुनावमा नेकपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पार्टी विघटनभएसँगै नेकपा एमालेमा लागेका थिए।

    नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको उनले बताएका छन्। उनले आउँदो वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आएका थिए।

    पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनले पार्टी नै परित्यागको घोषणा गरेका हुन्। पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन्। 


    तेस्रो आँखा
    लेखकबाट थप