लोसपाको चुनावी घोषणापत्र सार्वजनिक

लोसपाको चुनावी घोषणापत्र सार्वजनिक


  • 8.0K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    लोसपाको चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौं, १६ वैशाख । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

    images

    शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, विपन्नका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले लगायत पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।