उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की र धरपकड नगर- निवार्चन अयोग

उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की र धरपकड नगर- निवार्चन अयोग


  • 8.4K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की र धरपकड नगर- निवार्चन अयोग

    काठमााडौं, १६ वैशाख । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ ।

    images

    शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।

    संविधान र कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार रहेको भन्दै आयोगले उम्मेदवारलाई धाक, धम्की र प्रलोन दिनु लोकतन्त्रमाथिकै आघात भएको बताएको छ ।

    चितवनको भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण,राज्यमन्त्री उमेश श्रेष्ठ,पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो । उम्मेदवार वा तिनका परिवारलाई धम्की दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    बबथय.gif

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप