विराटनगरमा ३ प्रमुख र २ उपप्रमुख सहित २३ जनाले उम्मेदवारी फिर्ता लिए

विराटनगरमा ३ प्रमुख र २ उपप्रमुख सहित २३ जनाले उम्मेदवारी फिर्ता लिए


  • 6.1K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    विराटनगरमा ३ प्रमुख र २ उपप्रमुख  सहित २३ जनाले उम्मेदवारी फिर्ता लिए

    काठमाडौं, १६ वैशाख । विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका ३ जनाले आफ्नो मनोनयन फिर्ता गरेका छन् । यसरी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेका छन् ।

    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् । प्रमुख र उपप्रमुख ५ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपानेले आफ्नो उम्मेदवारी कायम रहेको बताएकी छन् ।

    यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका नेता उमेश यादवले पनि उम्मेदवारी कायमै राखेका छन् । गठबन्धन दलहरुबीच अन्तिम समयमा वडाको भागबण्डा गराउन पहल गरेको भएपनि सार्थक नभएको नेताहरुले बताएका छन् । काँग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एसका कुनैपनि वडाध्यक्षका उम्मेदवारले आफ्नो मनोनयन फिर्ता नलिएका हुन् । जसको कारण प्रमुख र उपप्रमुखमा गठबन्धन गरेको दलहरु अब वडामा भने छुट्टाछुट्टै लड्नुपर्ने भएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप