• ट्रेण्डिङ्ग :
अझै केही दिन वर्षा हुने सम्भावना 

अझै केही दिन वर्षा हुने सम्भावना 


  • 11.1K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 17.1K Views

    अझै केही दिन वर्षा हुने सम्भावना 

    काठमाडौं, १७ वैशाख । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
         
    महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । 

    images

    मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी गराइन् । अहिले  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक÷दुई दिन वर्षा हुने मौसमविद् बासीले बताए । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप