• ट्रेण्डिङ्ग :
मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन मन्त्री श्रेष्ठको  प्रस्ताव 

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन मन्त्री श्रेष्ठको  प्रस्ताव 


  • 8.9K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन मन्त्री श्रेष्ठको  प्रस्ताव 

    काठमाडौं, १७ वैशाख । नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।

    images

    मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन् ।

    भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पुर्‍याउन प्रस्ताव गरेका थिए । सो क्रममा उनीहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।


    तेस्रो आँखा
    लेखकबाट थप