• ट्रेण्डिङ्ग :
 संवैधानिक संस्थाहरुलाई दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइयाे - ओली 

 संवैधानिक संस्थाहरुलाई दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइयाे - ओली 


  • 8.1K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.4K Views

     संवैधानिक संस्थाहरुलाई दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइयाे  - ओली 

    काठमाडाैं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक संस्थाहरुलाई दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले सो भनाइ सार्वजनिक गरेका हुन् ।

    images

    एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने उनले बताए। आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ ।

    संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको दाबी गर्दै ओलीले भनेका छन्, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो ।’ ‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले) लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ ओलीले भनेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप