• ट्रेण्डिङ्ग :
वाम-लाेकतान्त्रिक गठबन्धलाई विजयी गराउन श्रमिककाे महत्वपूर्ण हात छ : प्रचण्ड

वाम-लाेकतान्त्रिक गठबन्धलाई विजयी गराउन श्रमिककाे महत्वपूर्ण हात छ : प्रचण्ड


  • 8.3K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    वाम-लाेकतान्त्रिक गठबन्धलाई  विजयी गराउन श्रमिककाे महत्वपूर्ण हात छ : प्रचण्ड

    काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन्।

    images

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आजको दिन प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनका रूपमा लिन सबै श्रमजीवी जनसमुदायलाई आग्रह गरेका हुन्।

    श्रमिक वर्गको बलिदानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताएका छन्।  

  • सम्बन्धित विषय:

  • # मजदुर दिवस

  • तेस्रो आँखा