एमाले महाधिवेशनः उम्मेदवारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी 

एमाले महाधिवेशनः उम्मेदवारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी 


  • 7.6K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    एमाले महाधिवेशनः उम्मेदवारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी 

    चितवन, १३ मंसिर । नेकपा एमालेको निर्वाचन समितिले १०औं महाधिवेशनमा उम्मेदवारी शुल्कवापत मात्र २१ लाख २५ हजार रुपैयाँ उठाएको छ । 

    images

    समितिले अध्यक्षका लागि १५ हजार, पदाधिकारी र आयोग पदाधिकारीका लागि १० हजार, र केन्द्रीय सदस्य तथा आयोग सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ । 
    ३०१ सदस्यीय केन्द्रीय कमिटी र ५० सदस्यीय आयोगको सदस्यका लागि मात्र ३६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्  भने आयोगसहित पदाधिकारीमा २८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुबाट आयोगले १८ लाख पाँच हजार रुपैयाँ शुल्क उठाएको छ । 

    केन्द्रीय अध्यक्षका दुईजना प्रत्यासीबाट ६० हजार रुपैयाँ उठाएको छ । आयोगका ६ जनासहित केन्द्रीय कमिटीका २० जना पदाधिकारीबाट आयोगले दुई लाख ६० हजार रुपैयाँ शुल्क उठाएको छ । 

    आयोगले उम्मेदवारी फिर्ता लिएपनि दर्ता गर्दा बुझाएको शुल्क फिर्ता नदिने भएकाले यो रकम निर्वाचन प्रयोजनका लागि खर्च गरिने निर्वाचन समितिले जनाएको छ । 
     

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा