• ट्रेण्डिङ्ग :
विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव

विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव


  • 10.8K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव

    काठमाडाैं,१८ वैशाख । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारी गरेका थिए । तर आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी शीर्ष नेताहरुले निर्वाचनका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएपछि उनलाई आईजीपी बनाउने तयारी गरिएको हो ।

    पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २५ मंसिर २०७७ मा दरबन्दी थप गरेर एआईजीमा बढुवा गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप