• ट्रेण्डिङ्ग :
विश्वराजलाई पछि पर्दै धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउँने सरकारकाे निर्णय

विश्वराजलाई पछि पर्दै धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउँने सरकारकाे निर्णय


  • 9.0K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    विश्वराजलाई पछि पर्दै  धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउँने सरकारकाे निर्णय

    काठमाडाैं,१८ वैशाख । नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।  गृह मन्त्रालयको सिफारिसमा सिंहलाई नियुक्त गरेको हो।

    images

    २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

     २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए।  त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।   सिनियरिटि अनुसार पाेखरेललाई आइिजपी बनाउँनु पर्ने भएपनि प्रधानमन्त्रीकाे प्रेसरमा सिंहलाई नियुक्ति दिने निर्णय गरिएकाे बालुवाटार श्राेतले बतायाे ।  
     


    तेस्रो आँखा
    लेखकबाट थप