काठमाडौं, १८ वैशाख । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेका छन् ।
पत्रमा अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर खेलाडीहरलाई कारबाही नगर्न आग्रह गरेका छन् ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।


