• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरीको महानिरीक्षक राजु अर्याल बन्ने

सशस्त्र प्रहरीको महानिरीक्षक राजु अर्याल बन्ने


  • 10.2K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    सशस्त्र प्रहरीको महानिरीक्षक  राजु अर्याल बन्ने

    काठमाडाैं,१८ वैशाख । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    images

    अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

    केसी चैतको अन्तिम सातामात्र आईजीपीमा बढुवा भएका थिए । उनले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् ।
    केसीलाई आईजीपी बनाएपछि रिक्त एआईजीमा अर्याललाई बढुवा गरिएको थियो । उनी डीआईजीमध्ये वरीयतामा पहिलो नम्बरमा थिए ।

    अर्यालले २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए । २०५८ सालमा शसस्त्र प्रहरी बल स्थापना भएपछि उनी एक दर्जा बढुवा भएर त्यहाँ समायोजन भएका हुन् । अर्यालले आईजीपीको चार वर्षे कार्यकाल पूरा गर्नेछन् । यसअघि शैलेन्द्र खनालले पनि चार वर्षे कार्यकाल पूरा गरेका थिए ।

     


    तेस्रो आँखा
    लेखकबाट थप