डा. शेखर कोइरालाद्वारा प्रहरी महानिरीक्षक नियुक्तिको विरोध

डा. शेखर कोइरालाद्वारा प्रहरी महानिरीक्षक नियुक्तिको विरोध


  • 8.9K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    डा. शेखर कोइरालाद्वारा प्रहरी महानिरीक्षक नियुक्तिको विरोध

    काठमाडाैं, १८ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् ।

    images

    नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरियता र प्रक्रिया मिचिनुले विधिको शासनको खिल्ली उडाएको उनले टिप्पणी गरेका छन् । तेस्रो वरियताका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णयप्रति आपत्ति जनाउँदै कोइरालाले प्रहरी संगठनलाई फेरि विवादमा ल्याउने काम भएको बताएका हुन्।

    ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ’, कोइरालाले ट्वीटमार्फत भनेका छन् ।

    12.PNG

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप