काठमाडौं, १८ वैशाख । नेपाल चिकित्सक संघले नेपाल सरकारकाे सातामा दुई दिन बिदा दिने निर्णयलाई स्वागत गरेको छ ।
संघले आइतबार विज्ञप्ती जारी गर्दै नेपाल सरकारको सातामा दुई दिन बिदा दिने निर्णलाई स्वागत गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९ वैशाख १३ गते बसेको बैठकले जेठ एक गतेबाट लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

