काठमाडाैं,१८ वैशाख । अगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार कायम रहेका छन् । पार्टीका आधिकारीक र स्वतन्त्र सहित ३१ हजार २५१ उम्मेदवार मनोनयन भएकोमा ६२३ जनाले फिर्ता लिएपछि ३० हजार ६ सय २८ कायम रहेको पत्रकार सम्मेलन मार्फत कांग्रेसले जनाएको हाे ।
देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेद्वारी परेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
सात दशकको अनवरत संघर्षले ल्याएको लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको संघीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका बीचमा स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनावमा जाने सहमतिलाई कार्यन्वायन गरिएको उनको भनाइ छ ।
यस्तो छ कांग्रेसका उम्मेदवारको विवरण :

