• ट्रेण्डिङ्ग :
सगरमाथा आरोहणका लागि ३१६ जनाकाे आरोहण अनुमति

सगरमाथा आरोहणका लागि ३१६ जनाकाे आरोहण अनुमति


  • 8.8K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    सगरमाथा  आरोहणका लागि  ३१६ जनाकाे आरोहण अनुमति

    काठमाडाैं,१९ वैशाख । यस वर्ष सगरमाथा (८,८४८.८६ मिटर)  हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित ८९९ आरोहीले अनुमति पाएका छन् ।

    images

    विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन्। अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनज‌घा (८,५८६ मिटर) आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

    अन्नपूर्ण (८,०९१ मिटर) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) मा चार, धौलागिरि (८,१६७ मिटर) का लागि दुई र ल्होत्से (८,५१६ मिटर) का लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

    यस्तै नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार्चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ लागेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ।
     


    तेस्रो आँखा
    लेखकबाट थप