• ट्रेण्डिङ्ग :
पाल्पामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

पाल्पामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप


  • 8.0K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    पाल्पामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

    काठमााडौं, १९ वैशाख । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् ।

    images

    नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको दाबी गरेका छन् ।

    उता नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको दाबी गरेका छन् । दुबै दलले कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन माग गरेका छन् ।

    bigapti.jpg


    तेस्रो आँखा
    लेखकबाट थप