काठमाडौं, १९ वैशाख । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको छ ।
चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेको बताइएको छ । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।
तर उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् । उनले फेसबुक वालमा लेखेका थिए– यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद ।
पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् । मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।
