• ट्रेण्डिङ्ग :
सञ्चारमाध्यमको अवस्था झल्काउने पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक

सञ्चारमाध्यमको अवस्था झल्काउने पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक


  • 8.7K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    सञ्चारमाध्यमको अवस्था झल्काउने पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक

    काठमाडौं, १९ वैशाख । सञ्चारमाध्यमको अवस्थालाई केलाइएको पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको पुस्तकमा संघ र प्रदेशहरुमा रहेका सञ्चारमाध्यमहरुको अवस्थालाई विश्लेषण गरिएको छ । पुस्तकका अनुसार नेपालमा ८ हजार ९५३ मिडिया छन् । जसमा ४ हजार ७८९ पत्रिका, ८८० एफएम रेडियो, १६४ टेलिभिजन र ३ हजार १२० अनलाइन समाचार माध्यम छन् ।  

    images

    नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारहरुको संख्या १३ हजार ७७ छ । सूचना तथा प्रसारण विभागमा २०७८ फागुन पहिलो सातासम्म इजाजत लिएका रेडियो र टेलिभिजन एवं प्रेस काउन्सिल नेपालमा अभिलेख भएका पत्रपत्रिका र अनलाइन समाचार माध्यमलाई आधार बनाइ पुस्तकमा प्रदेश र जिल्ला तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांक विष्लेषण गरिएको छ । प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मिडिया र पत्रकार छन् ।

    बागमती प्रदेशमा ५ हजार ५१ मिडिया छन् भने पत्रकारको संख्या ५ हजार ७७६ छ ।काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी। खरेलले सञ्चारमाध्यमको एकीकृत तथ्यांकले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको वहुपक्षीय अध्ययनका लागि पनि सहयोग पुग्ने बताए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सही तथ्यांक विना समस्या पहिचान गर्न कठिन हुने भन्दै प्रदेश र स्थानीय तहमा मिडियाको नीति बनाउन सहयोग पुर्‍याउने बताए । उनले देशकामा खुलेका सञ्चारमाध्यामको अवस्थालाई अध्यायानगरे प्रकाशन गरिएको उक्त पुस्तकले नेपाली मिडियाको अवस्था छर्लङ देखाउँन खोजेको बताए । यसले हाम्रो अवस्था कस्तो छ र आगामी दिनमा मिडियाहरु कसरी थप व्यवस्थित र प्रभावकारी बनाउँन सकिन्छ भन्ने एउटा छलफलको गर्न र योजना बनाउँन सहयोग पुग्ने बताए ।  

    प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाको तथ्यांकमा एकरुपता नहुँदा बेलाबेलामा समस्या परेको उल्लेख गर्दै तथ्यांकमा एकरुपताका लागि डिजिटाइज सिस्टममा जानेबारे छलफल सुरु गरेको जानकारी दिए । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांकलाई व्यवस्थित गर्न संघ र प्रदेशबीच समन्वय हुन जरुरी भएको बताए ।

    उनले बागमती प्रदेशले मिडियाको विवरण राख्न अनलाइन प्रणालीको गृहकार्य गरिरहेको बताए ।सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले मिडियाको एकीकृत तथ्यांक र वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए । पुस्तकले मिडियाको व्यावहारिक तथा नीतिगत पक्षमा थप छलफल र अनुसन्धान गर्न सहयोग पुग्ने उनको विश्वास छ । 


    तेस्रो आँखा
    लेखकबाट थप