एमाले महाधिवेशन : मतदान जारी

एमाले महाधिवेशन : मतदान जारी


  • 8.3K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    एमाले महाधिवेशन : मतदान जारी

    सौराहा, १४ मंसिर । नेकपा ९एमाले०को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा मंगलबार बिहानबाट मतदान जारी छ ।

    images

    राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो  । पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् ।

    अध्यक्षका उम्मेदवार रालव लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए ।  यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ ।

    एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् । सात सचिव पदमा   ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । एमालेको १०औँ महाधिवेशन १० मंसिरदेखि जारी छ । 
     

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा