माओवादी केन्द्रले प्रदेश १ का १४ बागी उम्मेदवारलाई कारबाही गर्‍यो

माओवादी केन्द्रले प्रदेश १ का १४ बागी उम्मेदवारलाई कारबाही गर्‍यो


  • 9.8K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    माओवादी केन्द्रले प्रदेश १ का १४ बागी उम्मेदवारलाई कारबाही गर्‍यो

    काठमााडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिनेलाई कारबाही गरेको छ।

    images

    स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो ।

    ती मध्ये केही तीन जनालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ। कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् ।

    त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।