बालेनले आफ्नो शरीरमा मेरो टाउको जोडेर भ्रम फैलाउने काम गरिरहेका छन्- केशव स्थापित

बालेनले आफ्नो शरीरमा मेरो टाउको जोडेर भ्रम फैलाउने काम गरिरहेका छन्- केशव स्थापित


  • 8.5K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    बालेनले आफ्नो शरीरमा मेरो टाउको जोडेर भ्रम फैलाउने काम गरिरहेका छन्- केशव स्थापित

    काठमाडाैं, २० वैशाख । काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहले उसको शरीरमा आफ्नो टाउको जोडेर भ्रम फैलाउने काम गरिरहेको आरोप लगाएका छन् । 

    images

    मंगलबार मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले यस्तो आरोप लगाएका हुन् । ‘उसको शरीरमा मेरो टाउको जोडेर भ्रम फैलाउने काम गरिरहेका रहेछन्,’ उनले भने, ‘मैले हातमा लट्ठी बोकेको तस्बिर बनाएर लौरोमा भोट हालौँ भनेर ठग काम गरिरहेका छन् । मैले पनि यसै गरी बालेनको फोटो राखेर लालटिनमा भोट हालौँ भन्दै प्रचार गरेँ भने उसलाई एक भोट पनि आउँदैन ।’

    त्यस्तै उनले बालेन शाहमाथि आफ्नो परिचय लुकाएको आरोप दोहोर्‍याएका छन् । बालेनले गाएका र्‍यापलाई लिएर पनि उनले प्रश्न उठाए । उनले भने, ‘ र्‍याप भन्दैमा जे पनि गर्न पाइन्छ ? उनको र्‍यापमा महिलामाथि के के बोलेको छ हेर्नुस् त ? हुनसम्मको अपराध गरेपछि र्‍याप भनेर छोपिन्छ ?’  स्थापितले नयाँ युवा राजनीतिमा आउँदा आफूले स्वागत गर्ने बताए । तर, आफ्नो परिचय लुकाउन नहुने उनको भनाइ छ । ‘आफ्नो परिचय नखुलाईकन भोट माग्न पाइन्छ ?’ बालेनलाई प्रश्न गरे । बालेनले आफू विरुद्ध सामाजिक सञ्जालमा दुष्प्रचार गरेको उनको आरोप छ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा