माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप: ६ जना घाइते

माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप: ६ जना घाइते


  • 10.2K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप: ६ जना घाइते

    काठमाडौं, २० वैशाख । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप हुँदा ६ जना घाइते भएका छन् । रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।

    images

    घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइते तीन जनालाई नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

    सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत थिए । बागी उम्मेदवारी दिएका कारण पार्टीले उनलाई ६ महिनाको लागि निलम्बन गरिसकेको छ । तर सुन्दरले भने यो झडपमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । उनीहरुकै व्यक्तिगत झगडालाई अन्य ढंगबाट विश्लेषण गरिएकोप्रति उनले आपत्ति जनाएका छन् । उनले विज्ञप्ति जारी गरेरै यो व्यक्तिगत कुरा भएको र समूहगत कुरा नभएको उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप