देश विकासका लागि एमालेले जित्न जरुरी छ- केपी ओली

देश विकासका लागि एमालेले जित्न जरुरी छ- केपी ओली


  • 9.6K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    देश विकासका लागि एमालेले जित्न जरुरी छ- केपी ओली

    काठमाडौं, २० वैशाख । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् । 

    images

    गृहजिल्ला झापाको मेचीनगरमा मंगलबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे ।

    मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे । उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप