एमालेका लिखु गाउँपालिकाका अध्यक्ष उम्मेदवार विष्टलाई पक्राउ पुर्जी जारी  

एमालेका लिखु गाउँपालिकाका अध्यक्ष उम्मेदवार विष्टलाई पक्राउ पुर्जी जारी  


  • 23.2K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 35.8K Views

    एमालेका लिखु गाउँपालिकाका अध्यक्ष उम्मेदवार विष्टलाई पक्राउ पुर्जी जारी  

    काठमाडाैं,२० वैशाख । ओखलढुङ्गाको  लिखु गाउँपालिकाका नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनलाई दोहोरो नागरिकता र सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो ।

    images

    काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट होमबहादुर बिष्टको नाममा दोहोरो नागरिकता लिएको भन्दै काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक  सुकदेव खनालले बताए । अध्यक्ष उम्मेदवार विष्टविरूद्ध काठमाडौं प्रहरी परिसर र भक्तपुर जिल्ला अदालतबाट पक्राउका लागि पत्र आएको उनले तेस्रो आँखालाई जानकारी दिए । पक्राउ पुर्जि जारी भैसकेपछि उम्मेदवार रहेका विष्टलाई पक्राउ गरिने खनालले बताए । 

    भक्तपुर जिल्ला अदालतले सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा  बिष्टलाई जेल सजाय सुनाएको छ । यस्ता बिवादित ब्यक्तिलाई एमालेले अध्यक्ष उम्मेदवार बनाएको विरुद्व उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थिएन । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेज गरिपाउँ भनी दावी विरोध गर्दा आयोगले उम्मेदवारी कायम राखेर नामावली प्रकाशन गरेपछि नेपाली कांग्रेसका पालिका उम्मेदवार अशोक कार्कीले प्रहरीमा दोहोरा नागरिक्ता र किर्ते कागजात सम्बन्धी उजुरी गरेका थिए । 

    उनले मतदाता परिचय पत्र समेत मिलनकुमार विष्ट र होमबहादुर विष्ट दुवै नामबाट लिएको देखिन्छ । मतदाता परिचयपत्रमा मिलनकुमार विष्टको नाममा रहेको नागरिकता नम्बर २७१७६२/०५१/९४६८ र होमबहादुर विष्टको नाममा रहेको नागरिकता नम्बर १८३५/४५४ रहेको छ । दुवै मतदाता परिचय पत्रमा उनको पारिवारिक विवरण मेल खाएको छ । यस्तै २०७८ फागुन १० गते कर्जा सूचना केन्द्रले निकालेको कालो सूचिमा समेत विष्टको नाम समावेश देखिएको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप