• ट्रेण्डिङ्ग :
 आधिकारिक उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई एमालेको कारबाही 

 आधिकारिक उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई एमालेको कारबाही 


  • 8.7K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.4K Views

     आधिकारिक उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई एमालेको कारबाही 

    काठमाडाैं,२१ वैशाख । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ ।

    images

    साँफेबगर नगरपालिका– ६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, सोही नगरपालिका– १ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका– ५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका– ९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


    तेस्रो आँखा
    लेखकबाट थप