काठमाडौं, २१ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।
यो सँगै वर्तमान राज्य व्यवस्था शान्तिपूर्ण ढंगबाट परिवर्तन नहुने भन्दै भूमिगत क्रान्ति गरेर दर्जन बढीको हत्या गरेको विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पक्षको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको छ।
