• ट्रेण्डिङ्ग :
जिम्बाबे ‘ए’ ले जितको लागि नेपाललाई दियो १३७ रनको लक्ष्य

जिम्बाबे ‘ए’ ले जितको लागि नेपाललाई दियो १३७ रनको लक्ष्य


  • 9.5K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    जिम्बाबे ‘ए’ ले जितको लागि नेपाललाई दियो १३७ रनको लक्ष्य

    काठमाडौं, २१ वैशाख ।  ट्वान्टी २० शृंखलाअन्तर्गत नेपाल र जिम्बाबे ए टिमबिच भएकोअन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रनको योगफल तयार गरेको हो ।

    जिम्बावेका रोय काइयाले सर्वाधिक ४९ रन बनाए । अर्धशतकका लागि एक रनले चुकेका काइयाले ४१ बलमा सात चौका प्रहार गरे । यस्तै, तडिवानासे मरुमणिले २७, लुक जङ्वेले २३ र इनोसेन्ट काइयाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । यसबाहेक, बसिर अहमेद र सोमपाल कामीले समान एक एक विकेट लिए ।

    तीन ट्वान्टी २० शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो ट्वान्टी २० खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन । दोस्रो खेलमा ४.३ ओभरमा पुग्दा वर्षा भएपछि खेल रोकिएको थियो । जसमा टस हारेर ब्याटिङमा आएको जिम्बावेले दुई विकेट गुमाएर ४८ रन बनाएको थियो ।

    ट्वान्टी २० शृंखलापछि नेपालले जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप