• ट्रेण्डिङ्ग :
भातृ संघ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न निर्देशन

भातृ संघ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न निर्देशन


  • 11.4K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 17.5K Views

    भातृ संघ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न निर्देशन

    काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन/महाधिवेशन  हाललाई स्थगन गर्न निर्देशन गरेको छ ।

    images

    यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिक महाधिवेश/ अधिवेशन गर्न सम्भव नभएकाेले अधिवेशन स्थगन गर्न निर्देशन गरीएकाे नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पाैडेलले जानकारी दिए । पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेवित्तिकै अधिवेशन/महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरी तदनुरुप गर्न सम्बद्ध सबैमा नेपाली काँग्रेसले  निर्देशन गरेको हो । 

    साथै पार्टीले निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध गरेको छ । 


    तेस्रो आँखा