• ट्रेण्डिङ्ग :
धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट द्रुतमार्ग निर्माण गछौँ: मन्त्री आले

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट द्रुतमार्ग निर्माण गछौँ: मन्त्री आले


  • 7.5K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट द्रुतमार्ग निर्माण गछौँ: मन्त्री आले

    काठमाडौं, २१ वैशाख ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात द्रुतमार्ग निर्माण गरिने बताएका छन् ।

    images

    कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल स्तरोन्नतिका साथै धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडकको पूर्वाधार निर्माण तथा स्थानीयवासीसँग सुझाव सङ्कलनका लागि डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुगेका मन्त्री आलेले स्थानीयवासीसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक निर्माण गरिने बताएका हुन् । उनले भने,“कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म जोड्न आफूले द्रुतमार्ग निर्माणका लागि पहल सुरु गरेको छु, सो सडक निर्माण हुनेछ ।” 

    मन्त्री आलेले विगतका सयममा सुदूरपश्चिममा विकासका काम पनि कमि हुने गरेका र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले बाँकी रहेका सबै विकासका काम सबै पूरा गरेर देखाउने दाबी गरे ।  यसैगरी मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक जोडिए चीनका पर्यटक पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटक यहाँ भित्र्याउन सके विकासमा सहज हुने जिकिर गरे । 

    नागरिकसँगको छलफलका क्रममा मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक अर्थात दु्रतमार्ग निर्माणका लागि आफूले एशियाली विकास बैंक (एडिबी) सँग पहल सुरु गरेकाले उक्त सडक निर्माण हुनेमा कुनै शङ्का नरहेकोसमेत जानकारी दिए। गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गर्नका लागि आफूले यसअघि रु एक अर्ब बजेट विनियोजन गरिसकेको र अबको बजेटमासमेत थप रकम आउने बताए ।  उनले भने, “गेटा विमानस्थलको स्तरोन्नति तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मैले केही महिना पहिले रु एक अर्ब बजेट विनियोजन गरेको छु, अब थप बजेट आउछ, विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिस्तरको बन्छ ।”

     


    तेस्रो आँखा
    लेखकबाट थप