अदालतबाट रु २४ लाख ५९ हजार जरिवाना ठहर भएका सुवाल पक्राउ

अदालतबाट रु २४ लाख ५९ हजार जरिवाना ठहर भएका सुवाल पक्राउ


  • 9.6K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    अदालतबाट रु २४ लाख ५९ हजार जरिवाना ठहर भएका सुवाल पक्राउ

    नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र रु २४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

    ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए । पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप