भरतपुरमा पाँच वर्षमा गर्व गर्न लायक विकासकाे काम भयो- रेनु दाहाल

भरतपुरमा पाँच वर्षमा गर्व गर्न लायक विकासकाे काम भयो- रेनु दाहाल


  • 8.4K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    भरतपुरमा पाँच वर्षमा गर्व गर्न लायक विकासकाे काम भयो- रेनु दाहाल

    काठमाडौं, २२ वैशाख । गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिका माओवादीको मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुरमा पाँच वर्षमा आफूहरुले गर्व गर्न लायक काम गरेको बताएकी छन् । 

    images

    पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको चुनाबी आमसभा कार्यक्रममा बोल्दै रेनु दाहालले यस्तो बताएकी हुन् । ‘ हामीले गएको पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, विपक्षको आँखामा आँखा जुधाउने गरी काम गरेका छौं’, दाहालले भनिन् ‘हामीले भरतपुरमा गर्व गर्न लायक विकासको काम गरेर देखाएका छौं ।’

    उनले पुनः भरतपुर महानगरमा गर्न बाँकी विकासका कामहरुलाई पुरा गर्न आफूले उम्मेदवारी दिएको बताइन् । भरतपुरमा सडक, स्वास्थ्य, शिक्षाको क्षेत्रमा व्यापक काम गरेको उनको भनाइ छ । उनले गठबन्धनको जित सुनिश्चित रहेको पनि दाबी गरिन् । 

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप