नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमालेको ओली प्रवृति हो– रामचन्द्र पौडेल

नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमालेको ओली प्रवृति हो– रामचन्द्र पौडेल


  • 9.2K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमालेको ओली प्रवृति हो– रामचन्द्र पौडेल

    काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमालेको ओली प्रवृति भएको बताएका छन् । 

    images

    पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको चुनाबी आमसभा कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । ‘साथीहरु नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी को हो ? प्रचण्ड हो ? नेकपा माओवादी हो ?’, उनले भने ‘कांग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमालेको ओली प्रवृति हो ।’ उनले नेपाली कांग्रेसको मुख्य प्रतिद्वन्दी एमाले भएको र माओवादी नभएको प्रष्ट पारे । 

    नेपाली कांग्रेस र नेकपा माओवादी बीचको गठबन्धन राष्ट्रीय आवश्यक्ता भएको उनको भनाइ छ । यदि आफूहरुले समयमै गठबन्धन नगरेको भए ओलीले संविधानलाई समाप्त पारिसक्ने उनले दाबी गरे । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप