केपी ओली बयलगाडा दर्शनका प्रवर्तक हुन्- माधवकुमार नेपाल

केपी ओली बयलगाडा दर्शनका प्रवर्तक हुन्- माधवकुमार नेपाल


  • 8.3K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    केपी ओली बयलगाडा दर्शनका प्रवर्तक हुन्- माधवकुमार नेपाल

    काठमााडौं, २२ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली बयलगाडा दर्शनका प्रवर्तक भएको बताएका छन् । 

    images

    पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको चुनाबी आमसभा कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् । ‘केपी ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् । महागफाडी हुन् । गफमा उनले विद्यावारिधी हासिल गरेका छन् । झूठको पुलिन्दा बनाउनसक्छन् । भ्रमको खेती गर्नसक्छन् । होस् गर्नुहोला, ख्याल गर्नुहोला । ओलीका कुरा हतारमा पत्यायो भने फुर्सदमा पछुताउनुपर्छ’, नेपालले भने ।

    चुनावी गठबन्धन राष्ट्रिय आवश्यकता बनिसकेको बताउँदै नेपालले भरतपुरमा रेनु दाहाल विकासप्रेमी मेयरको रुपमा स्थापित भइसकेको बताए । ‘जसलाई सोधे पनि रेनु दाहाल विकासप्रेमी मेयर हो भन्छन् । त्यसैले यो भरतपुरमा उहाँले धेरै काम गरिसक्नुभएको छ । अब थप विकासका लागि पनि उहाँसँग योजना छन् । त्यसैले उहाँलाई भरतपुरले जिताउनुपर्छ’, नेपालले भने ।उनले गठबन्धनले गर्नसक्ने कुरा मात्रै गर्ने भन्दै गफाडीको गफजस्तो कुरा गठबन्धनले नगर्ने बताए ।

    उनले एमाले कुहिएको फर्सी भएको पनि आरोप लगाएका छन् । ‘एमाले कुहिएको फर्सी हो, त्यसको काम छैन । कुहिएको फर्सी छुनुभयो, खानुभयो भनेपनि रोगव्याधी लाग्छ’, नेपालले भने । उनले केपी शर्मा ओलीको वर्णन हजार जिब्रो भएको शेषनागले पनि गर्न नसक्ने बताए ।

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप