रेनु दाहाललाई कुनै शंका नहुने गरी सहयोग गर्नुपर्छ– शेर बहादुर देउवा

रेनु दाहाललाई कुनै शंका नहुने गरी सहयोग गर्नुपर्छ– शेर बहादुर देउवा


  • 9.6K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    रेनु दाहाललाई कुनै शंका नहुने गरी सहयोग गर्नुपर्छ– शेर बहादुर देउवा

    काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले रेनु दाहाललाई कुनै शंका नहुने गरी सहयोग गर्नुपर्ने बताएका छन् । 

    images

    पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको चुनाबी आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘रेनु दाहाल आएपछि गल्लीगल्ली पिच भएको छ, यस्तो राम्रो काम गर्ने मान्छेलाई हराउन मिल्छ ?’, देउवाले भने ‘ रेनु दाहाललाई कुनै संका नहुने गरी सहयोग गनुपर्छ ।’

    भरतपुर महानगरमा बेरुजी नभएको भन्दै उनले यस्तो मेयर अन्त नपाउने दाबी गरे । रेनु दाहालले जितिसकेको हुनाले आफ्नो पार्टीको साथीहरुलाई कुनै किसिमको असहयोग नगर्न देउवाले आग्रह गरे । भरतपुरमा गठबन्धलाई भारी मतले विजयी गराए गठबन्धन अझ बलियो हुने उनको दाबी छ । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप