स्थानीय तह निर्वाचन-२०७९
मतपत्र छाप्ने काम सकियो- निर्वाचन आयोग

मतपत्र छाप्ने काम सकियो- निर्वाचन आयोग


  • 7.6K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    मतपत्र छाप्ने काम सकियो- निर्वाचन आयोग

    काठमाडौं, २२ वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको छ ।

    images

    बिहीबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गरी मतपत्र छाप्ने काम सकिएको र २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने बताएको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने बताए ।

    स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको शर्माले बताए ।

    मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप